सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।
क्याप्टेन शाक्यलाई डिस्चार्ज गर्ने तयारी भई रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् । ‘उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार उहाँलाई डिस्चार्ज गर्ने तयारी छ । परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’ उनले भनिन् । तर, शाक्यको डिस्चार्ज भए पनि उपचार जारी रहन्छ ।
९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
