April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जीपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

२०८२ बैशाख ८

330

पाथीभरा जादै गरेको जीपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ ।

फुरुम्बु १० तेर्सेमा जिपमा करेन्ट लागेर आगो लाग्दा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । पाथीभरातर्फ गइरहेको मे१च ३०११ नम्बरको जीपमा आगो लाग्दा एकै परिवारका तीन जना र चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका निवासी सविनाका छोरी १६ वर्षीय आध्या आचार्यको घटनास्थलमै मृत्यु भएको हो । आध्याका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षका बिनोद पौडेल, मावली हजुरआमा ६० वर्षकी सिरता पौडेल तथा सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराई र को मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि ल्याइएकामध्ये ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य (सन्ध्या)को अवस्था गम्भीर रहेको छ । उनको १० वर्षीय छोरा अभियव आचार्यको अवस्था सामान्य रहेको छ ।