June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

गोरखामा पहिरोमा परी चार जना बेपत्ता, दुई घाइते

२०८१ श्रावण १३

405

गोरखाको उत्तरी भेकमा पर्ने धार्चे गाउँपालिका-५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिएकी छन् ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङको भनाइ छ ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठलाई उद्धृत गर्दै राससले जनाएको छ ।