June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङबाट १४ जनाको मृत्यु, दुई बेपत्ता

२०८१ असार १२

370

पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर झापामा दुई जना, रोल्पामा दुई जना र सुनसरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।