June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नागरिकदेखि पर्यटकहरु समेतलाई दुःख दिने पाँच व्यक्ति पक्राउ

२०८१ बैशाख २५

11.1K

स्थानीय सर्वसाधारण नागरिकदेखि पर्यटकहरु समेतलाई तर्साउने, धम्क्याउने र बलजफ्ती गरेर दुःख दिई रकम असुली गर्ने धन्दामा सक्रिय रहेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ कारवाही अघि बढाएको छ ।

पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमी, वडा नं. ६ लेकसाइड र हल्लनचोक एरियामा सर्वसाधारण नागरिक तथा विदेशी पर्यटकहरुलाई जबर्जस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी समेत दिइ अभद्र व्यवहार गरिरहेको अवस्थामा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटन बस्ने वर्ष २६ को सन्तोष श्रेष्ठ, सोही स्थान लालुपाते मार्ग बस्ने वर्ष २५ को मीनप्रसाद पौडेल, सोही स्थानका ३१ वर्षीय धनदेउ क्षेत्री, खहरेचोक बस्ने वर्ष २५ को सुशान्त क्षेत्री र हल्लनचोक बस्ने वर्ष २५ को अमित भण्डारी रहेका छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्वको कसुरमा दश दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्यालयका सूचना अधिकारी डिएस्पी वसन्तकुमार शर्माले जानकारी दिए ।