June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नक्कली लाइसन्स, ठगी गर्ने पक्राउ

२०८१ बैशाख १०

1.1K

ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको कर्मचारी भएको दाबीसहित चालक अनुमतिपत्र बनाइ दिने भन्दै ठगी गर्ने एक युवा पक्राउ परेका छन् ।

महानरपालिका-२, का ३५ वर्षीय राजु परियारले आफू यातायातको कर्मचारी भन्दै विभिन्न व्यक्तिसित रकम ठग्दै आएको ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

एसपी सुवेदीका अनुसार परियारले ठगी गरेका पाँच जनाले सामूहिक निवेदन दिएपछि उनलाई पक्राउ गरिएको छ ।

अदालतबाट म्याद लिएर उनीसित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।