June 12, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

२०८० चैत्र २१

835

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि आह्वान गरेका हुन् ।

बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आगामी चैत्र २७ गते मंगलबार दिउँसो ३ बजे सम्मा दाबी पेश गर्न भनिएको छ ।

‘माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेज्यूले मिति २०८० / १२ / २१ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख समक्ष लिखित राजिनामा दिनु भएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत्र २७ गते मंगलबार दिउँसो ३:०० बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख श्री डिल्लीराज भट्टज्यूले आह्वान गर्नु भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।