April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आयरल्याण्ड ए सँग नेपाल ए पराजित

२०८० चैत्र २१

1.1K

आयरल्याण्ड ‘ए’सँग नेपाल ए २१ रनले पराजित भएको छ। १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अलआउट भयो। ब्याटिङ कमजोर हुँदा नेपाल पराजित बन्न पुगेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका थिए। उनले ३९औं ओभरको खेलमा लगातार तीन ब्याट्सम्यानलाई आउट गरेका थिए।