June 5, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले आजदेखि गण्डकी कोटिहोममा प्रवचन दिदै

२०८१ चैत्र २९

395

विश्वकै कान्छि १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा आजदेखि कथा प्रवचन गर्ने भएकी छिन् ।

विश्वकै कान्छि भागवत कथा वाचिका पाण्डेयले आज देखि २०८२ बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ ।

कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन् ।

पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एवम् कोटीहोमका भक्तजनलाई आशिर्वाद दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका- १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।