April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र नहुने !

२०८१ चैत्र २८

400

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियन सिरहा शाखाले बिहीबार (२८ चैत) लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेकाले पार्टीको आगामी महाधिवेशन समयमै नहुने बताए ।

‘महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ’, प्रवक्ता डा. महतले भने, ‘त्यसकारण महाधिवेशनको निर्धारित समय पर सर्छ ।’

विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको र वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।