April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

२०३१ महिला विश्वकपका लागि ‘अमेरिकाको मात्र’ बोलपत्र

२०८१ चैत्र २१

220

सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जानकारी दिएका छन् ।

महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको र सन् २०३५ को विश्वकप बेलायतले आयोजना गर्ने जनाएको उनको भनाइ छ ।

बेलग्रेडमा आयोजित युइएफए कङ्ग्रेसमा बोल्दै इन्फान्टिनोले सन् २०३१ का लागि एक मात्र आशयपत्र संयुक्त राज्य अमेरिका र अन्य केही उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेवियन फुटबल सङ्घ सदस्यहरूबाट र २०३५ युरोपबाट, घरेलु देशहरूबाट भएको बताए ।

इन्फान्टिनोले सन् २०३१ मा हुने महिला विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने फिफाको योजना रहेको पनि बताएका छन् ।

इङल्यान्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका फुटबल सङ्घहरूले गत महिना प्रतियोगिता आयोजनाका लागि इच्छापत्र पेश गर्ने घोषणा गरेपछि बिहीबारको घोषणा आएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ का लागि युरोप र अफ्रिकाबाट आउने बोलपत्रलाई मात्र स्वागत गर्ने बताएको थियो भने सन् २०२६ को दोस्रो त्रैमासिकमा हुने फिफा कङ्ग्रेसमा आयोजकको पहिचान पक्का हुने बताएको थियो ।

सन् २०२६ को पुरुष विश्वकप मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा महिला विश्वकप फुटबलका लागि पनि सन् २०३१ का लागि दावेदारी पेश गर्ने घोषणा गरेको थियो ।

दक्षिण अफ्रिका र मोरक्को पनि प्रतिस्पर्धामा थिए र अफ्रिकी राष्ट्रहरूलाई पनि बोलपत्र पेश गर्न आमन्त्रित गरिएको थियो, तर इन्फान्टिनोको टिप्पणीले उनीहरू अब दौडबाट बाहिर छन् भन्ने देखाउँछ।

आगामी महिला विश्वकप सन् २०२७ मा ब्राजिलमा हुनेछ ।