April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मोदीले दिए ट्रम्पलाई बधाई

२०८१ कार्तिक २१

805

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन् ।

उनले भनेका छन्, “मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक निर्वाचन जितेकोमा हार्दिक बधाई ।”

“तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने गरी हाम्रा सहयोगलाई अगाडि बढाउन उत्सुक छु,” मोदीले लेखेका छन्, “आउनोस् हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र स्थिरता तथा समृद्धिको लागि मिलेर काम गरौँ ।”

रिपब्लिकन पार्टीका राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन् । उनको जितको औपचारिक घोषणा भने भइसकेको छैन ।