April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सन्दीप अमेरिका जाँदै

२०८१ कार्तिक २

735

नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज (२ कात्तिक) साँझ नै अमेरिकातर्फ जाने जानकारी दिएको छ ।

यसअघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए । भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग-२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन् ।