April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भगवान विश्वकर्माको पूजा गर्न भद्रकाली लगायतका स्थानहरुमा भीड

२०८१ आश्विन १

420

आज विश्वकर्मा पूजा । भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा भीड रहेको छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।