June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सुरु भयो धादिङमा लाखे जात्रा

२०८१ भाद्र ३

755

नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्रा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा विधिवत् रूपमा पूजाआजा गरी लाखे नाच लगाएर जात्रा सुरु गरिएको हो।

जात्राको शुभारम्भमा पियानो, किबोर्ड, धा बाजा बजाएर लाखे नाच लगाइएको हो। झिंगु नेवाः समाज धादिङको आयोजनामा कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्‍याउने उद्देश्यले जात्राको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए

जात्रामा सहभागीहरूलाई टीका प्रसाद ग्रहण गरिएको छ। अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन्।

जात्रामा सहभागीहरूलाई टीका प्रसाद ग्रहण गरिएको छ। अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन्। राजा गुणकाम देवको पालादेखि लाखे जात्रा सुरु गरिएको भए तापनि राजा प्रताप मल्लको पालादेखि राक्षसको स्वरूपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाच नाच्ने गरिएको पाइन्छ।

काठमाडौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरूमा हुने गरेको छ। धादिङमा २०६२ सालमा नेवार समुदायको आधिकारिक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोही संस्थाको पहलमा विभिन्न स्थानहरूमा लाखे जात्रा सञ्चालन हुँदै आएको छ।