June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

२०८१ असार ३

385

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले हिजो (आइतबार) राति प्रकाउ परेका चिनियाँको विवरण खुलाएको छैन ।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेको प्रहरीको खोजी सूचीमा थिए । त्यस्तै भारतको दिल्लीबाट सुन तस्करीमा संलग्न भएको आरोपमा प्रकाउ परेका २ जनालाई पनि नेपाल ल्याउने तयारी गरिएको छ ।