April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत हासिल

२०८१ जेष्ठ २८

900

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत हासिल भएको छ ।

अत्यन्त संशययुक्त माहोलबीच माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेश सदस्य बनेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरी मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेपछि पाण्डेको कुर्सी बचेको हो । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेपनि देवकोटाले फ्लोर क्रस गर्नुलाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्णरुपमा लिएका छन् ।

देवकोटाका अलावा कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका छन् । ६० सदस्यीय संसदमा ३१ सांसदको मत हासिल गरेपछि कांग्रेस नेता पाण्डेले मुख्यमन्त्रीका रुपमा निरन्तरता पाएका छन् ।

ज्ञातव्य छ, यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले विश्वासको मत हासिल गर्न नसक्दा मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।