June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नक्कली नोटसहित दुई जना पक्राउ

२०८१ जेष्ठ २८

475

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रु. पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौं कलङ्कीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको विशेष प्रहरी टोलीले तारादेवीलाई शनिबार राति पक्राउ गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको सङ्लग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीको भनाइ छ ।