April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इण्डिज

२०८१ जेष्ठ २८

475

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको सन्दर्भमा नेपाल क्रिकेट सङ्घ (क्यान)प्रति लक्षित नकारात्मक वक्तब्यबाजीमा सत्यता नरहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले आज (२८ जेठ) एक वक्तव्य जारी गर्दै नकारात्मक प्रचारबाजीमा नलागी विश्वकपमा नेपाली टिमको हौसला बढाउन आह्वान गरेका छन् ।

जारी आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगिता २०२४ मा सन्दीप लामिछाने टिममा सहभागी हुने र यसका लागि लामिछाने वेस्ट इण्डिज पुगेको पनि क्यानले जानकारी दिएको छ । क्यानका अनुसार सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेल खेल्नेछन् ।

नेपालले समुहका अन्तिम दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ । ती खेलका लागि सन्दिप क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट’ पुगिसकेका छन् । सन्दिप कुन बाटो भएर त्यहाँ पुगे भन्ने क्यानले नखुलाएपनि किंग्सटाउनमा हुने खेलका लागि नेपाली टोलीमा सन्दिपलाई आवद्ध गराइएको जनाइएको छ ।

अमेरिकाले भिसा नदिएपछि सन्दिप अमेरिका जान पाएका थिएनन् । विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले डालसमा नेदरल्याण्ड्सको सामना गरेको थियो भने दोस्रो खेल आगामी बुधबार अमेरिकाकै फ्लोरिडामा खेल्दैछ । त्यसपछि नेपाली टोली किंग्सटाउन पुग्नेछ ।