April 16, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

त्रिशुलीमा बेपत्ता भएका विवशको शव भेटियो

२०८० चैत्र २१

1.1K

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका विवस रोकाको शव चार दिनपछि फेला परेको छ। बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवशको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ।

उनको शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए। सनाखत गरी शव गोरखातर्फ ल्याउँदै गरेको उनले बताए। उनको पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

गत शुक्रबार काठमाडौँमा निधन भएका शंकर रोकाको दाहसंस्कार गरी फर्कने क्रममा सो ट्याक्सी दुर्घटना हुँदा एकै परिबारका पाँचजनाको मृत्यु भएको थियो भने विवश बेपत्ता थिए।

दुर्घटनामा परी मृतक शंकरकी आमा ७० बर्षकी जुनकिरी रोका, जुनकिरीकी छोरी गोरखा नगरपालिका ४ की हरिमाया रोका(उपरकोटी), नाति आठबर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका ५ का अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भएको थियो ।