June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि

२०८० चैत्र १९

575

पेट्रोलको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो। भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको हो।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७५ पुगेको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू हुनेछ। त्यस्तै डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।