April 25, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

स्पेनले जित्यो युरो कपको उपाधि

२०८१ असार ३१

615

युरो कपको उपाधि स्पेनले जितेको छ। हिजो राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक–एक गोल गरेका थिए। विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।

त्यस्तै इङल्याण्डका लागि कोल पाल्मरले खेलको ७३औं मिनेटमा एक गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ। स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।

इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।