April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

शेख हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान

२०८१ श्रावण २४

935

बङ्गलादेशी निवर्तमान प्रधानमन्त्री शेख हसिनासहित गत सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको जनाइएको छ । बङ्गलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अङ्कमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गरेका थिए ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर-उज-जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले अब बङ्लादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन-चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएका छन् ।