तेस्रो दिन पनि शिक्षकहरु आन्दोलित,यस्ता छन् आन्दोलनका मागहरु
काठमाडौंः देशैभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरु यत्तिबेला काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । प्रतिनिधि सभामा दर्ता गरिएको प्रस्तावित नयाँ विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । विगत ३ दिनदेखि विद्यालय नै बन्द गरेर शिक्षकहरुले काठमाडौंको बानेश्वर,माइतिघर लगायतका क्षेत्रमा हजारौंको संख्यामा विशाल प्रदर्शन गर्दै आईरहेका छन्...